सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याउँदै गरेका कपडा बरामद

सोमबार, १६ साउन २०७९, १९ : ५०
सोमबार, १६ साउन २०७९

मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।

प्रहरीका अनुसार उक्त बसबाट कुर्ता सुरुवाल ५८ पिस, साडी २ सय ९३ पिस र सेन्डो गन्जी ३ सय वटा बरामद गरिएको छ । प्रहरीले उक्त कपडा भन्सार छलेर ल्याएको हुँदा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप