सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् । अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् ।
बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए । ‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेशिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन भन्ने मेरो चाहना रहेको छ,’ भट्टले भने ।
स्वास्थ्य सेवा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने भट्टको तर्क छ । उनले अस्पतालमा आएका बिरामीलाई कुनै समस्या भए जुनसुकै समयमा पनि आफूलाई खबर गर्न आग्रह गरेका छन् ।
‘म सधैँ बिरामीको साथमै रहने छु । गुणस्तरीय स्वास्थ्य मात्र नभएर सरसफाइ र बिरामीमा कुरुवाको व्यवस्थापनका बारेमा पनि ध्यान दिइरहेका छौं,’ भट्ट भन्छन् । उनले आगामी दिनमा पनि आफूले प्राप्त गरेको भत्ता विपन्न बिरामीहरूलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख