सरकारी मोटरसाइकल लिएर अधिकृत मसाज छिरेपछि....
सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने सूचना आएपछि प्रहरी मसाज पार्लर पुगेर सवारीसाधनसहित मानिसलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । अहिले नियन्त्रणमा लिइएका सवारीसाधन र मानिसको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो । सोही क्रममा सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका सरकारी कर्मचारीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । बखुण्डोलका स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको हो । अब यस विषयमा नुवाकोटको शिवपुरी नगरपालिकासँग बुझेर पत्र लेखेपछि के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने प्रवक्ता जिसीले रातोपाटीलाई बताए ।
शिवपुरी नगरपालिका नुवाकोटका प्रमुख गोविन्द प्रसाद थपलियाले उक्त मोटरसाइकल आफ्नै कार्यालयको नाममा रहेको भन्दै कुन कर्मचारीले प्रयोग गरिरहेको छ बुझ्नुपर्ने बताए । कार्यालय समयमा सरकारी मोटरसाइकल लिएर मसाज पार्लरमा पुग्नु गलत भएको भन्दै सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियमानुसार कारवाही गर्ने थपलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण