बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पानी विश्वलाई पिउन पुग्छ  : केपी ओली

सोमबार, १६ साउन २०७९, १७ : ३६
सोमबार, १६ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने बताएका छन् । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपालको जलश्रोत’ नामक पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पानीको सदुपयोग हामी आफैले गर्न नपाएको बताएका छन् ।

 ‘हामी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सक्छौ’। ओलीको भनाइ छ । उनले कोशी नदी नेपालमै भएपनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने बताए । नेपालले आफ्ना नदीनाला र पानीबाट जायज फाइदा लिन पाउनुपर्छ । त्यसका लागि नेपालको राष्ट्रिय हितमा अडान हुनुपर्छ’, उनले सत्ता हितका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन नमिल्ने बताए । 

उनले जलश्रोतको उपयोग उर्जा र सिञ्चाईमा प्रयोग गर्न सक्नुपर्ने भन्दै जलश्रोतको उपयोगले मात्रै आधुनिक कृषि प्रणालीको विकास गर्न सकिने बताए । ‘हाम्रा सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्दछ । यसको समुचित प्रयोगका लागि राष्ट्रिय हितबाट प्रस्थान गर्नुका साथै न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्व पनि हेर्नुपर्छ’, ओलीको भनाई छ । उनले राष्ट्रियताको अडान लिँदा आफु प्रधानमन्त्रीबाट हट्नुपरेको स्मरण गर्दै ओलीले आफुलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता नरहेको बताए । 

‘लड्नुपर्दैन अडे पुग्छ’, ओलीले भने, ‘राष्ट्र एकजुट भयो भने हुन्छ ।’ उनले टनकपुर सम्झौतामा राष्ट्र एकजुट भएको भन्दै त्यसबेला ठुलो समझदारीपूर्वक अघि बढाएको बताए । उनले  उक्त सम्झौतामा नेपालको जमिनमा बाँध बाँध्न इजाजत दिन सकिने भनेर लेखिएकाले टनकपुर सम्झौता सच्याउनुपर्छ भनेर भनिएको बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालको जलश्रोत चक्रव्यूहबाट बचाउन हामी हाम्रा सबै प्राकृतिक श्रोत साधन उपयोग गर्न स्वतन्त्र रहेको बताए । उनले त्यस्ता श्रोत उपयोग गर्न यसअघि चुकेपनि अब चुक्न नहुने बताए । ओलीले एमसीसी सम्झौताको प्रसंग निकाल्दै आफु सरकारमा रहँदा खुसुक्क अघि नबढाएको बताए । तर उनले आफूमाथि संसदमा किन पेश गरेको भनेर प्रश्न उठाइने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप