गएको २४ घण्टामा १४ हजार बढीले बुस्टर डोज लगाए
सोमबार, १६ साउन २०७९, १७ : ३५
नेपालमा कोभिड–१९ को सङ्क्रमणको ग्राफ तीव्र गतिमा उकालो लाग्दा बुस्टर डोज लगाउनेको दर सुस्त गतिले अगाडि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १४ हजार ५० जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।
हालसम्म भने ७२ लाख ७६ हजार ९२२ जनाले लगाएका थिए । बुस्टर डोज गएको एक सातामा अर्थात् साउन १० गते २२ हजार ३८५ जनाले बुस्टर डोज खोप लगाए थिए । ११ गते ४ हजार १४६ जनाले बुस्टर डोज लगाउँदा १२ गते १४ हजार ८४८ जनाले लगाएका थिए । यस्तै, क्रमशः १३ गते ९ हजार २२३,१४ गते १८ हजार १४०, १५ गते ३ हजार ८८३ जनाले लगाएको मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'