फर्निचर खरिदमा कमिसन खाने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
फर्निचर खरिदका क्रममा कमिसन खाने एक प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियारले सोमबार छत्रदेव गाउँपालिका, अर्घाखाँचीका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध ४ लाख ४७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३–०७४ सालमा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरू खरिद गरेको भन्ने उजुरी छानबिनपछि प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार गरेको रहस्य खुलेको हो ।
उजुरीपछि अनुसन्धान हुँदा छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी सरुवा भई गए पश्चात् कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरू खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने दिने गरेको, फर्निचर तथा इलेकट्रोनिक्स सामग्री खरिद गरिएको बिल भरपाई पेस गरेको भए पनि ४ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको सामान खरिद नै नगरी बिल बनाएर भ्रष्टाचार गरेको आरोप लागेको छ ।
यसरी सामान खरिद नै नगरी बिल बनाएर भ्रष्टाचार गरेको भन्दै तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीलाई सोही रकम बराबरको बिगो कायम गरी जरिवाना तथा कैदसमेतको माग गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण