तारकेश्वर घटना : प्रहरीले उठायो चारै जनाको शव
प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो । केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको छैन । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ । तस्बिर : सुवास श्रेष्ठ /रातोपाटी



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण