आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँछौं : मन्त्री कुँवर

सोमबार, १६ साउन २०७९, १७ : १९
सोमबार, १६ साउन २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धि समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवर​ले यस्तो बताएका हुन् ।

उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको सुरक्षा,परिश्रम र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भए÷नभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालले सबैभन्दा पहिला शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उद्यमसँग र उद्यमलाई रोजगारीसँग जोड्नसके मात्रै श्रम क्षेत्रलाई व्यवस्थित गर्नसक्ने दाबी गरे । उनले नेपाली श्रमिक विदेशमा कुनै सिप क्षमता बिना वैदेशिक रोजगारीमा गइरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले सिप र क्षमता विकास गर्न आवश्यक रहेको बताए ।  

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला तलव सुविधामा सम्झौता गर्ने र हवाइ जहाज चढेपछि सम्झौता च्यात्ने प्रवृत्तिले नेपाली मजदुर ठगिएको भन्दै सरकारले त्यस्तो कार्य रोक्ने बताए । उनले सरकारले वैदेशिक रोजगारमा जाने मजदुरको श्रमलाई मर्यादित बनाउने बताए । मन्त्री कुँवरले नेपालको वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो भएको गुनासो आएकाले लामो प्रक्रियालाई सहज बनाउन मन्त्रालय समयानुकुल ऐन कानूनहरु परिमार्जन गर्ने तयारीमा रहेको बताए ।  

त्यस्तै समिति बैठकमा सांसद प्रकाश रसाइलीले ४० प्रतिशत मजदुर ठेकदारमार्फत ठगिएको बताए । उनले अब ठेकेदारमार्फत नभएर सिधै उद्योगमार्फत मजदुर लाने व्यवस्था गर्नुपर्ने बताए ।  सांसद रसाइलीले त्यस्तो व्यवस्था गर्दा बीचका विचौलीयाहरुले चलखेल नहुने बताए ।  

त्यस्तै सांसद सरिताकुमारी गिरीले हरेक उद्योगहरुमा काम गर्ने मजदुर ठेकदारमार्फत काम गरिरहेको बताइन् । उनले उद्योगमा काम गर्ने मजदुर भएपनि पैसा ठेकदारले लिने र परिश्रम गर्नेलाई ठेकेदारले नै दिने गरिएको  बताइन् । सांसद गिरीले नेपालमा स्वीकृत लिएर कम्पनी खोल्ने, विदेशमा समेत मजदुर सप्लाई गर्ने र उद्योगले कम्पनीको खातामा पैसा हालिदिने गरेको बताइन् । उनले ठेकदारले आफ्नो मन लागि रुपमा मजदुरलाई पैसा दिने गरेको विषयमा मन्त्रालय सचेत रहनुपर्ने बताइन् ।  

त्यस्तै,श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले घरेलु कामदारको लागि एउटा देशमा खोल्दा अर्को देशमा पनि खोल्नुपर्ने अवस्था रहेकाले तत्काल खोल्न नहुने बताए । उनले महिलाहरुलाई विदेशामा घरेलु कामको लागि सुरक्षाको ग्यारेन्टी नभएसम्म गरिव छ भन्दैमा घरेलु कामदारको लागि महिलालाई विदेश पठाउने पक्षमा आफू नभएको स्पष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप