नेपालको पानीमा भारतको अर्घेल्याई छ : दीपकुमार उपाध्याय
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालको पानी कुटनीतिका लागि सशक्त आधार रहेपनि त्यसको प्रयोग गर्न नसकिएको बताएका छन् । द्धारिकानाथ ढुंगेलद्वारा लिखित चक्रव्यूहमा नेपालको जलश्रोत नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उपाध्यायले जलको बहुउपयोग उपयोग नै समृद्धिको आधार हुनुपर्ने बताए ।
‘तर हामीले त्यसलाई कहिल्यै ध्यान दिन सकेनौ । भारतले एकतर्फी रोकेर अर्घेल्याइँ गरेर आफ्नो अनुकूल तटबन्धको नाममा, सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोकेको छ’, उपाध्यायको भनाई छ ।
उनले भारतले त्यसो गरेपनि उसलाई समेत फाइदा नगरेको बताए । ‘म त भारतमा राजदूत भएर पनि बसेँ । युपी र विहार आउन जान पनि हाम्रो तराईमा नजिकको सम्बन्ध छ । त्यहीकै जनता प्रश्न गर्छन् । अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि अनुसार पानीको किन उपयोग गर्न सक्दैनौ ?’
कार्यक्रममा राप्रपाका नेता पशुपति शम्शेर जंगबहादुर राणाले नेपाल र नेपाली अघि बढ्ने बल नै नेपालको जलश्रोत भएकाले त्यसलाई भुल्न नहुने बताए । उनले महाकाली समस्या लगायतका धेरै समस्या समाधान गर्न सरोकारवाला निकाय तत्पर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण