शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पानीमा भारतको अर्घेल्याई छ :  दीपकुमार उपाध्याय

सोमबार, १६ साउन २०७९, १७ : ०८
सोमबार, १६ साउन २०७९

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालको पानी कुटनीतिका लागि सशक्त आधार रहेपनि त्यसको प्रयोग गर्न नसकिएको बताएका छन् । द्धारिकानाथ ढुंगेलद्वारा लिखित चक्रव्यूहमा नेपालको जलश्रोत नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उपाध्यायले जलको बहुउपयोग उपयोग नै समृद्धिको आधार हुनुपर्ने बताए । 

‘तर हामीले त्यसलाई कहिल्यै ध्यान दिन सकेनौ । भारतले एकतर्फी रोकेर अर्घेल्याइँ गरेर आफ्नो अनुकूल तटबन्धको नाममा, सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोकेको छ’, उपाध्यायको भनाई छ । 

उनले भारतले त्यसो गरेपनि उसलाई समेत फाइदा नगरेको बताए । ‘म त भारतमा राजदूत भएर पनि बसेँ । युपी र विहार आउन जान पनि हाम्रो तराईमा नजिकको सम्बन्ध छ । त्यहीकै जनता प्रश्न गर्छन् । अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि अनुसार पानीको किन उपयोग गर्न सक्दैनौ ?’ 

कार्यक्रममा राप्रपाका नेता पशुपति शम्शेर जंगबहादुर राणाले नेपाल र नेपाली अघि बढ्ने बल नै नेपालको जलश्रोत भएकाले त्यसलाई भुल्न नहुने बताए । उनले महाकाली समस्या लगायतका धेरै समस्या समाधान गर्न सरोकारवाला निकाय तत्पर हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप