शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध नेपालस्थित अमेरिकन राजदूतावासमा पनि निवेदन

सोमबार, १६ साउन २०७९, १० : ००
सोमबार, १६ साउन २०७९

इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाविरुद्ध अमेरिकन राजदूतावासमा कारबाहीका लागि  निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नभई अवैध रुपमा क्रियाकलाप गर्दै आएकाले कारबाहीका लागि अमेरिकन राजदूतावासमा निवदेन दर्ता भएको हो । उक्त संस्थाले नेपालीलाई सहयोग गर्ने आश्वासन दिँदै गैरकानूनी ढंगबाट रकम उठाएको आरोप समेत लागेकाे छ । 

निवेदनमा संस्थाका बारेमा छानविन गरी तत्काल कारवाही गर्न  राजदूतावासलाई आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरु गैर नेपाली भएको जिकिर गरिएको छ । यस्तै संस्थाका दिल्ली अधिकारी, मेग चौधरी, किरण गजमेर, यस कुइँकेल, रुद्र बानियाँ र पञ्चम तामाङ लगायतका सञ्चालकहरु नै गैह्र नेपाली भएको र नेपाली कलाकारहरु समेतलाई प्रलोभनमा पारी प्रयोग गरिएको निवदेनमा भनिएकाे  छ । 

यसअघि ‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्रीको कार्यालयमा समेत छानविनका लागि निवेदन दर्ता भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप