बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशबाट १ अर्ब १० करोडको केराउ आयात

सोमबार, १६ साउन २०७९, १६ : ३५
सोमबार, १६ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब १० करोड रुपैयाँको केराउ भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको १ करोड ९० लाख ४ हजार किलोग्राम केराउ भित्रिएको हो ।
नेपालमा विश्वका ७ वटा देशबाट केराउ आउने गरेको विभागको तथ्यांकले देखाएको छ । त्यसमध्ये म्यानमारबाट ५० करोड ८३ लाख रुपैयाँ बराबरको केराउ भित्रिएको छ । यस्तै, भारतबाट २९ करोड १० लाख रुपैयाँको केराउ आयात हुँदा तान्जानियाबाट १७ करोड १४ लाख रुपैयाँको केराउ भित्रिएको छ ।

संयुक्त अरब इमिरेट्सबाट १ करोड २४ लाख रुपैयाँको केराउ भित्रिँदा मालावीबाट ७ करोड १७ रुपैयाँको केराउ भित्रिएको छ । यसका साथै, २ करोड ४६ लाख रुपैयाँको भित्रिएको विभागले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप