काभ्रेस्थली घटना : शव उठाउन अवरोध भएपछि थप प्रहरी परिचालन
काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाउन अवरोध भएको छ । पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको छैन । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ । तस्बिर : सुवास श्रेष्ठ /रातोपाटी


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
