शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्छ : सभापति बानियाँ

सोमबार, १६ साउन २०७९, १५ : ४४
सोमबार, १६ साउन २०७९

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । 

देशमा संघीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देशभित्र र बाहिरका तत्त्व निर्वाचन समयमा हन नदिन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंसिर पहिलो साता हुनुपर्ने भन्दै उनले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप