
‘महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो’, प्रहरीको अचम्मको निवेदन भाइरल

भारतको उत्तर प्रदेशको बलिया जनपदमा तैनाथ एक प्रहरी हवल्दारको छुट्टीको निवेदन भाइरल भएको छ । यसमा ती हवल्दारले विवाहपछि खुसीको खबर दिनका लागि १५ दिनको छुट्टी माग गरेका छन् ।
उनले उक्त निवेदनमा विवाहको सात महिना बितिसक्दा पनि हालसम्म खुसीको खबर नपाएको दुखेसो पनि पोखे ।
जिल्लाको डायल ११२ मा तैनाथ गोरखपुरको सिपाहीले यो निवेदन दिएका हुन् । उक्त पत्रमा जवानले आफ्ना अधिकारीलाई लेखेका छन्, ‘महोदय, प्रार्थीको विवाहको सात महिना बितिसकेको छ । हालसम्म खुसीको खबर पाएकै छैन । म्याडम (श्रीमती) ले डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरिसकेकी छिन् । म उनीसँग बस्नुपर्छ । प्रार्थी घरमा नै बस्नेछ । अतः श्रीमानजी सँग के निवेदन गर्छु भने प्रार्थीलाई १५ दिनको इएल (अर्जित अवकाश) दिने कृपा गर्नुहोस् । तपाईंको महान कृपा हुनेछ ।’
युपीको प्रहरीको यो पत्र विशेष चर्चामा आएपछि एकातिर मानिसहरुले यसको मज्जा लिइरहेका छन् भने अर्कोतर्फ अवकाशको कारणबारे पनि खुबै विचार विमर्श भइरहेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ