आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन, १५ तस्बिरमा हेर्नुहोस्

सोमबार, १६ साउन २०७९, १४ : ४३
सोमबार, १६ साउन २०७९

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना  गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।

जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमूढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन सभामा परिणत हुनेछ । सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप