सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

सोमबार, १६ साउन २०७९, १४ : १२
सोमबार, १६ साउन २०७९

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् । 

आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थियो । 
नीताले ज्योतिष समेत रहेका हरिहरसँग केही अगाडि मात्र विवाह गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप