बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठकको छैन टुंगो, चुनावको मिति नै अन्योल

सोमबार, १६ साउन २०७९, १४ : ०६
सोमबार, १६ साउन २०७९

आज बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति तोक्ने आँकलन गरिएपनि अहिलेसम्म मन्त्रिपरिषद बैठक बस्ने नबस्ने नै टुंगो लागेको छैन ।  सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ । मन्त्रीहरुले बैठकबारे दिउँसोसम्म कुनै खबर नआएको बताएका छन् । 

‘पौने २ बजेसम्म मन्त्रिपरिषद बैठक बस्ने नबस्ने कुनै खबर आएको छैन’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले भने, ‘मन्त्रिपरिषदको नियमित बैठक बस्नुपर्ने चाँही हो ।’  प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पनि अहिलेसम्म बैठकबारे निश्चित भइनसकेको बताए । उनले अहिलेसम्म बैठक बस्ने समय नतोकिएकाले आजको सम्भावना कम रहेको बताए । 

निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर सरकारले भने चुनावको मिति तोक्न ढिलाई गर्दा मंसिरमा निर्वाचन हुने नहुने भन्नेमा अन्यौल बढ्न पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप