शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सुन्दरी जल वीपीको धर्ती हो  :  प्रदेश सभापति यादव

सोमबार, १६ साउन २०७९, १४ : ०३
सोमबार, १६ साउन २०७९

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले काठमाडौंको गोकर्णेश्वरस्थित सुन्दरीजल वीपीको धर्ती भएको बताएका छन् । बोलबम काँवरिया संघद्वारा आयोजित कार्यक्रममा उनले सुन्दरी जल पावन धर्ती भएको बताए ।  उनले भने, ‘नेपाली काँग्रेसका आदरणीय नेता बिपी कोइरालाले यहि जेल  जीवन बिताइएको इतिहास साची  छ । यो बिपीको धर्ती हो ।’

बाबा पशुपतिनाथ भगवान शिवको विशेष पुजा अर्चना एवं जलाभिषेक गर्न महत्व रहेको बताए । विशेष गरी मधेस प्रदेशबाट आएका कावँरियाहरुको स्वागत गर्दै बोलबमलाई व्यवस्थित गराउन आवश्यक रहेको बचाए । 

‘हाम्रो हिन्दू धर्मावलम्बीहरूको लागि पवित्र महिना साउनमा सुन्दरी जलबाट जल भरेर विशेष गरी पशुपतिनाथमा जल चढाउने गरिन्छ । यसो गर्दा भगवान पशुपतिनाथले श्रद्धालु भक्तजनहरूको मनोकामना पूर्ण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ यादवले भने ।

बोलबम हिन्दू धर्मको छुट्टै धार्मिक महत्व बोकेको सुन्दरीजलमा विगत २६ वर्षदेखि श्रावणी मेलाको आयोजना गर्दै आएको छ ।  साउन  महिनामा विशेष पुजा आयोजना गर्ने उद्देश्यले हजारौं भक्तजन सहभागी हुनु सुन्दरी जल आउने गरेको काँग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप