तारकेश्वरमा ४ जनाको विभत्स हत्या : मृतक एकै परिवारका, चक्कुले अन्धाधुन्ध प्रहार (अपडेट)
सोमबार, १६ साउन २०७९, १३ : ५१
राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।
काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।
विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । सुनिताको शरीरका ७ भन्दा बढी स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
यो पनि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
