शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्यो, सवारी आवागमन प्रभावित

सोमबार, १६ साउन २०७९, १३ : ४१
सोमबार, १६ साउन २०७९

धादिङको धुनीबेंसी नगरपालिका–९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ । 

सुरुङ मार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायल घरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंगा चेक पोष्टसम्म रहेको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन आंशिक रुपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल बर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(४ डाक्लाङमा सोमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका– १ खहरेमा बिहान पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ डाँडामा पनि अविरल बर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप