शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

सोमबार, १६ साउन २०७९, १३ : ३६
सोमबार, १६ साउन २०७९

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभाले केबलकारको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताए ।  करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।  

‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सव–इस्टक्चरको निर्माण कार्य करिब सम्पन्न भइ सुपर स्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । ९ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ’ अध्यक्ष ढकालले भने, ‘बाँकी रहेको टावरको निर्माण कार्य समेत द्रुत गतिमा भइरहेको छ ।’

साथै, अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्ट पुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको समेत जानकारी दिए ।  त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनले बताए ।

सोही अवसरमा अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको समेत जानकारी दिए । केबलकारको २०७७ साल फागुन १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप