शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम  दिन

सोमबार, १६ साउन २०७९, १२ : ५७
सोमबार, १६ साउन २०७९

सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताले मंगलबारसम्म लगानी गर्न सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरूका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।
 
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप