पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।
सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
अवरुद्ध सडक पहिरो पच्छ्याएर सञ्चालनमा नगरपालिकाले स्काभेटर पठाएको महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।
लगातारको वर्षासँग झरेको पहिराले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् । वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३२ केभीए प्रसारण लाइन : ३ वटा टावर निर्माणको विवाद अझै सुल्झिएन
-
‘रंगी’ फागुन २ गतेबाट प्रदर्शनमा आउने
-
वनकट्टा शान्ति सङ्ग्रहालय पालिकालाई हस्तान्तरण
-
आँधीखोला तर्न फट्केको भर
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने