शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

सोमबार, १६ साउन २०७९, १२ : २३
सोमबार, १६ साउन २०७९

आफ्ना माग निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै सिंहदरबारमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सोमबार बिहान उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । 

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था निजामति सेवा ऐनमा राख्नुपर्ने उनीहरुको माग छ । साथै शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ छ । 

सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्यजस्ता प्रावधान समावेश गर्दै संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने कर्मचारीहरुको भनाइ छ । 

सेवा सुरक्षा, पेशागत हित र वृत्ति विकासका मुद्दा अघि सारेर सरकारको ध्यानाकर्षण गर्न बाध्य भएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप