आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक
सोमबार, १६ साउन २०७९, ११ : ५२
आइएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । जसअनुसार सेवामा थप प्रवर्दन गर्ने उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको जनाएको छ ।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउने छन् ।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने छ । सोको निम्ति सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले स्पष्ट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि