विप्लव समूहका नेता भन्छन्– राज्यले तीन बुँदे सहमति उल्लंघन गर्यो
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताएका छन् । ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले आपत्ति जनाएका हुन् ।
‘हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर सहमति गरियो । उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न बारम्बार आग्रह गरेका छौँ,’ रातोपाटीसँग कुरा गर्दै बुढामगरले भने, ‘उल्टै राज्यले हामीलाई पक्राउ पुर्जी जारी गरेर थुन्न खोज्छ । यो तीन बुँदे सहमतिको सरासर उलंघन हो, यसमा हाम्रो आपत्ति छ । राज्यले अशान्ति निम्त्याउन खोज्दै छ ।’
राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने बुढाले बताए । राज्यले दमन गरेर आत्मसमर्पण गर्ने बताउँदै बुढाले त्यसको सशक्त प्रतिवाद गरिने बताए । एमसीसी एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
