अपर तामाकोसीको १८ साउनमा बुक क्लोज
सोमबार, १६ साउन २०७९, ११ : ४३
अपर तामाकोसी हाइड्रो पावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभाको सूचना जारी गरेको छ । एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित ३ भदौमा वार्षिक साधारणसभा बोलाएको हो ।
साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक महिलासहित चारजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यस्तै, साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधीको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो