आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मानव बेचविखन मुद्दामा फरार आरोपी १२ वर्षपछि पक्राउ

सोमबार, १६ साउन २०७९, ११ : ३७
सोमबार, १६ साउन २०७९

मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् ।

भारत लगेर नेपाली किशोरीलाई बेचेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । २०६७ साउनदेखि फरार भएका सहनीलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ । आरोपी बारे अदालतबाट ५ दिनको म्याद लिएर उनीबारे धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप