अफ्रिका : गाईवस्तु चोरले गाउँलेलाई घरमा थुनेर गरे आगजनी, ३२ जनाको मृत्यु
पूर्वी अफ्रिकी देश माडागास्करमा एक आपराधिक समूहले घरमा आगजनी गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । घटनापछि सेनाले अपराधीहरुको खोजीमा हेलिकप्टर तैनाथ गरेको छ । प्रहरीका अनुसार अपराधीहरूले मानिसहरूलाई तीनवटा झुपडीमा जबरजस्ती थुनेर ती झुपडीमा आगो लगाएका थिए ।
यो घटना माडागास्करको राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लाको एम्बोलोटेरेकेली गाउँमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । माडागास्करका रक्षामन्त्री जनरल लियोन जीन-रिचर्ड राकोटोनिरिनाले घटना गाईवस्तुको चोरी कार्यमा संलग्नहरुले गराएको जानकारी दिए ।
अधिकारीलाई जानकारी गराएको भन्दै गाउँलेलाई निशाना बनाइएको हुनसक्ने उनको आशंका छ । उनले दोषी पत्ता लगाई कानुनी कठघरामा ल्याउने बताएका छन् । पछिल्ला केही वर्षहरूमा, माडागास्करमा गाईवस्तु चोरहरू र तिनीहरूलाई रोक्न प्रयासहरूका कारण धेरै हिंसात्मक घटनाहरू भएका छन् ।
घटनास्थलबाट बाहिरिएको भिडियो फुटेजले घरको सानो पर्खालबाहेक घरमा केही नरहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै