मधेस प्रदेश: उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज
सोमबार, १६ साउन २०७९, १० : १५
मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा १/१ वटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको मधेस प्रदेश सकारको प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । बैठक मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
सङ्घीयता मजबुत नभएकोमा सभामुखहरू एकमत, पोखराबाट ७ बुँदे घोषणा जारी
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट