शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकारको सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

सोमबार, १६ साउन २०७९, ०९ : ०५
सोमबार, १६ साउन २०७९

अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् ।

‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं ।  हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ ।  हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’, एक ट्वीटमा उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरे । १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप