एमालेले आज महँगीविरुद्ध जनप्रदर्शन गर्ने
सोमबार, १६ साउन २०७९, ०८ : ३१
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौँमा आज जनप्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालतको परमादेश पछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतका चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो।
दिउँसो २ बजे जनप्रदर्शन सुरु हुने एमालेले जनाएको छ। वसन्तपुरबाट सुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’