शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनका धनाढ्य व्यापारी, उनकी श्रीमतीको रुसी गोलीबारीमा मृत्यु

सोमबार, १६ साउन २०७९, ०८ : २१
सोमबार, १६ साउन २०७९

युक्रेनको सबैभन्दा धनी व्यापारी मध्ये एक आफ्नी श्रीमतीसहित दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा मारिएका छन् ।

७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनको मालिक थिए । उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति बताएका छन् ।

माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरमा हालसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन् ।

होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ ।

माइकोलाइभ, ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ र रसियाले २४ फेब्रुअरीदेखि बारम्बार आफ्नो आक्रमण गरेको छ ।

यस क्षेत्रका नेता भिटाली किमले भाडाटुर्स्कीको कृषि र जहाज निर्माण उद्योगको विकासमा योगदान, क्षेत्रको विकास अमूल्य रहेको बताए ।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीको कार्यालयका एक सल्लाहकारले रूसले जानाजानी ती व्यापारीलाई निशाना बनाएको आशंका व्यक्त गरे ।

मिखाइलो पोडोल्याकले भने, ‘एउटा क्षेप्यास्त्रले व्यापारीको सुत्ने कोठामा प्रहार गर्यो, यो निर्देशित भइरहेको थियो भन्ने भन्ने शंका उब्जाउँछ ।’

निबुलोनले अन्न निर्यातका लागि धेरै भण्डारण सुविधाहरू र अन्य पूर्वाधार निर्माण गरेको छ ।

युक्रेन र रसिया गहुँ र अन्य अन्नका प्रमुख निर्यातकर्ता हुन् र युद्धका कारण निर्यातमा अवरोध आएकोले विश्वभर खाद्यान्नको मूल्य बढेको छ ।

खाद्य संकट कम गर्ने उद्देश्यले दुई देशले गत हप्ता टर्कीमा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप