मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

चीनकी याङ हुईयानलाई उछिन्दै भारतकी सावित्री बनिन् एसियाकी सबैभन्दा धनी महिला

आइतबार, १५ साउन २०७९, २२ : ४९
आइतबार, १५ साउन २०७९

चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य र्हास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदावी खोसिएको छ ।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा याङलाई शुक्रबारदेखि भारतकी सावित्री जिन्दल एसियाकी सबैभन्दा धनी महिला बनेकी छन् । 

जिन्दलको सम्पतिमा बढोत्तरी भएको उनले यो हैसियत बनाएकी होइनन् कि याङको सम्पति ह्वात्तै घटेपछि दोस्रो स्थानकी जिन्दल पहिलो बनेकी हुन् ।  जनवरीसम्म २३.७ अर्ब डलरकी मालिक याङको सम्पति ६ महिनामा झण्डै आधाले घटेर ११ अर्ब डलर बनेको छ । 

याङलाई जिन्दलले मात्र होइन उनकै देशकी धनाढ्य फ्यान होङ्वेइले उछिनेकी छन् । योसँगै लामो समय एसियाको सबैभन्दा धनी रहेकी याङ सो सूचीको तेस्रो स्थानमा पुगेकी छन् ।  रासायनिक फाइबर कम्पनी हेन्ग्ली पेट्रोकेमिकलकी अध्यक्ष तथा सिइयो फ्यानको सम्पत्ति जिन्दलभन्दा केही कम ११.३ अर्ब डलर रहेको ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सले जनाएको छ ।

को हुन् साबित्री जिन्दाल ?
सन् २००५ मा उनका पति तथा ओपी जिन्दलका संस्थापकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएदेखि सावित्री जिन्दल समूहको अध्यक्ष छिन् ।  ११.३ अर्ब डलरकी धनी रहेकी सावित्रीको कम्पनी धातु तथा ऊर्जा उत्पादन लगायतका उद्योगहरूमा संलग्न छ । 

जिन्दाल समूह भारतमा स्टिलको तेस्रो ठूलो उत्पादक हो जो सिमेन्ट निर्माण, ऊर्जा र पूर्वाधार विकासमा पनि संलग्न छ ।  ७२ वर्षीय जिन्दल एसियाको सबैभन्दा धनाढ्य हुनुअघि भारतकी सबैभन्दा धनी महिला र समग्रमा देशको १० औं धनी व्यक्ति हुन् । 

पछिल्ला वर्षहरुमा जिन्दलको कुल सम्पत्तिमा निकै उतारचढाव आएको देखिएको छ । कोभिड–१९ महामारीको सुरुतिर सन् २०२० अप्रिलमा उनको कुल सम्पति ३.२ अर्ब डलरमा झरेको थियो ।  सन् २०२२ अप्रिलमा रुसले युक्रेनमा आक्रमण गरेपछि उपभोग्य बस्तुको मूल्य बढ्न थाल्दा उनको सम्पति १५.६ बिलियन डलरसम्म पुगेको थियो । स्रोत : ब्लूमवर्ग
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप