शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

यस्ता छन् राखेप बोर्डं बैठकका १७ निर्णयहरु

आइतबार, १५ साउन २०७९, २२ : ३४
आइतबार, १५ साउन २०७९

राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले बिभिन्न १७ निर्णय गरेको छ ।

यस्ता छन्, राखेप बोर्ड बैठकका १७ निर्णय :

–बैठकमा परिषद्को आ.व. २०७९÷०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।
–नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमा

क) खेलाडी तथा अफिसियललाई दैनिक रु २००० भत्ता दिने

ख)  प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउने

ग) सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा सहभागि हुनुपर्ने

–प्रदेश तथा विभागिय टीमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नुपर्ने

–प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरियो

–३६ खेलमा प्रतिष्पर्दा हुने छ भने २ वटा खेलको प्रर्दशनी हुनेछ

–खेल इभेन्टस् ४०७

–टीम ११ वटा हुनेछन् ।

–प्रतियोगिताको एकल प्रतिष्पर्दामा स्वर्णपदक विजेत खेलाडीलाई नगद रु २५ हजार, टीम इभेन्टमा स्वर्ण विजेतालार्ई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलव्ध गराउने ।

–प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गरिने ।

–परिषदको कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन
–परिषदको भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति

–खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन ।  
–परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने ।

–२०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालीन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने ।

–ओ एन्ड एम सर्भे समिति गठन ।

–खेलाडी छात्रवास निर्माण ।

–मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप