सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत

आइतबार, १५ साउन २०७९, २२ : ११
आइतबार, १५ साउन २०७९

घर तथा भवनको उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट डिजाइनर आइतबार भक्तपुरमा पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल (सीएफसी) ले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट डिजाइनर पुरस्कृत भएका हुन् ।

व्युल्डिङ फेस व्युल्डिङ फ्युचर भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिशनमा उत्कृष्ट तीन जना नगदसहित पुरस्कृत भएका हुन् । 

उनीहरूलाई सीएफसी नेपालका संस्थापक अध्यक्ष डा.सुनिल साह, चर्चित गायक योगेश अमात्य, नेकका प्रिन्सिपल प्राडा. हरिकृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा हिमाल रोकाया पहिलो उत्कृष्ट घोषित भए । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । साथै द्वितीय हुनसफल अनुश्का गैरेले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय हुन सफल सौरभी वर्मा शाखले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आठ जना प्रतिस्पर्धी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप