आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वारेन्ट जारी भएका यातायात व्यवसायी पक्राउ

आइतबार, १५ साउन २०७९, २१ : ५७
आइतबार, १५ साउन २०७९

मनहरा यातायात प्रालिका अध्यक्ष कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा ४२ वर्षीय खड्कालाई काँडाघारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । 

सवारी अंगभंग सम्बन्धी मुद्दामा खड्काको नाममा सिराहा जिल्ला अदालतले वारेन्ट जारी गरेको छ । सो वारेन्टका आधारमा इलाका प्रहरी कार्यालय लहानले काठमाडौं प्रहरीलाई पक्राउका लागी पत्राचार गरेको थियो । 

सिराहाको लहान नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय दिपेन्द्र कुमार साफी तिवारीले खड्का विरुद्ध जाहेरी दिएका थिए । सो मुद्दामा काभ्रेको नमोबुद्ध नगरपालिका–३ घर भएका १९ वर्षीय सुजन अधिकारीसहित खड्का पनि प्रतिवादी थिए । 

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–३ घर भएका खड्का काठमाडौंको गोठाटार बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप