सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीद्वारा दुई पुस्तक सार्वजनिक
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक सार्वजनिक गर्दै मन्त्री खनालले रजिस्ट्रार कार्यालयले इतिहासलाई दस्तावेज गर्ने काम गर्नुको साथै आगामी भविष्यलाई पनि ध्यान दिएर पुस्तक तयार पारेको बताए । उनले डिजिटल साक्षरताले अहिलेको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताए ।
यी दुवै पुस्तकले बागमती प्रदेश र आफनो मन्त्रालयको साख बढाएको मन्त्री खनालको भनाई छ । डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुग्ने मन्त्री खनालले बताए ।
उहिलेको पत्रकारिता पुस्तकमा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख गरिएको सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए ।
उनले इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशिल समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेको बताए ।
सत्तापक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव संगालेका जेष्ठ पत्रकार आफैमा जिउँदा इतिहास भएकाले जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण रहेको उनले बताए ।
प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारी तहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको उनको भनाई छ ।
त्यस्तै डिजिटल साक्षरता पुस्तकमा सूचना प्रविधिको आधारभूत ज्ञान हासिल गर्न चाहनेका लागि यस पुस्तक महत्वपूर्ण रहने सापकोटाले बताए । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै