सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

आइतबार, १५ साउन २०७९, २० : २८
आइतबार, १५ साउन २०७९

वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो ।

गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ । दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप