शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक

आइतबार, १५ साउन २०७९, १९ : ५६
आइतबार, १५ साउन २०७९

बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप)मनाङले जनाएको छ । 

पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोम सम्म पुग्ने गर्छन् ।

केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ ।  धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक १०/१२ जनासम्म पर्यटक पदमार्गमा भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजनको समय मानिन्छ ।  सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन् । गत वर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप