सुवास नेम्वाङको गुनासो : सरकार हाम्रो प्रश्नको उत्तर नै दिँदैन
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनैपनि विषयमा सल्लाह नगर्ने र प्रमुख प्रतिपक्षले सोधेको प्रश्नको उत्तर नै नदिने गरेको गुनासो गरेका छन् । नेपाल निजामति कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिकता विधेयक, निजामति ऐन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव जस्ता विषयमा सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि छलफल नगरेको बताएका हुन् ।
‘फुल हाउसले महाभियोग समितिलाई काम नदिइ सदन स्थगित भएकाले प्रधानन्यायाधीशजी झुण्डेका झुण्डै हुनुहुन्छ निलम्बन’, नेम्वाङले भने, ‘अर्को एकजना मित्र कार्यवहाक हुनुहुन्छ यो कति गम्भीर कुरा हो यो ?’ उनले प्रधानन्यायाधीशमाथि छानविन गर्न संसदले समिति बनाएपनि समितिलाई काम नदिएको बताए ।
उनले प्रमुख प्रतिपक्ष के गरेर बसेको छ ? भनेर प्रश्न उठ्ने गरेपनि चुप लागेर भने नबसेको बताए । उनले नागरिकता विधेयक जस्तै तीन वर्ष लगाएर बनेको निजामति विधेयक फिर्ता लिएर सरकार गायव भएको बताए ।
‘अहिलेसम्म निजामति कर्मचारीसम्बन्धि विधेयक आउने सुरसार छैन । हामी प्रश्न उठाएका उठायै छौ । अस्तिको दिनमात्रै माननीय लालबाबु पण्डितलाई हामीले विशेष समय लिएर उठाउन लगायौ’, उनले भने, ‘उहाँले प्रश्न उठाउनुभयो तर सरकार उत्तर नै दिदैन । चाइँचुइँ बोल्दैन ।’ उनले निजामति विधेयकमा सरकारलाई दवाव दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण