बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेकै दल र नेताले देशलाई निकास दिनुपर्छ : नेम्वाङ

आइतबार, १५ साउन २०७९, ०६ : ००
आइतबार, १५ साउन २०७९

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कमीकमजोरीका बाबजुद अहिलेकै राजनीतिक दल र तिनका नेताहरूले देशलाई निकास दिने दाबी गरेका छन् । आइतबार नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले यिनै दल र दलका नेताहरूले देशलाई निकास दिँदै निष्कर्षमा पुर्‍याउने बताएका हुन् । 

कमीकमजोरीका बाबजुद यिनै दल र दलका नेताहरुले देशलाई निष्कर्षमा पुराउनुपर्छ । कमीकमजोरी भएका छन् । यसो भएको भए हुन्थ्यो यसो भएन भन्ने छ । तर पछि फर्केर हेर्नुस् ७० वर्षपछि जनताको चाहानालाई मूर्त रूप दिन समावेशी समानुपातिकसहितको संविधान हामी दलहरूले बनायौ’, नेता नेम्वाङले भने, ‘सबैले स्वीकार गर्ने संविधान बनायौ । संविधान संशोधनमार्फत चुच्चे नक्सा राख्ने पनि बनायौ ।’ 

उनले अव परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने पनि बताए । ‘परिवर्तनका लागि संसदमा पुग्न आवस्यक छ । संसदमा पुगेपछि संविधान संशोधनमार्फत परिवर्तन गर्न सक्छौ, ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ । अव खाली जनतालाई महसुस हुनेगरी काम गर्नुपर्ने आवश्यकता छ’, नेम्वाङको भनाइ छ ।  

उनले यो प्रतिनिधिसभा अन्तिम अन्तिम अवस्थामा पुगेको पनि बताए । ‘कुनै पनि वेला प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा हुनसक्छ । त्यो निर्वाचन स्वच्छ र भयरहित हुनुपर्छ’, तर नेम्वाङले गठबन्धनलाई चुनाव घोषणा गर्ने साइत अझै नजुरेको बताए । उनले गठबन्धन चुनाव मङ्सिर कि फागुन भनेर हल्लिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप