शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको हवाई क्षेत्र आइकाओको कालोसूचीबाट चाँडै हट्छ : मन्त्री श्रेष्ठ

आइतबार, १५ साउन २०७९, १७ : २६
आइतबार, १५ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई चाँडै कालो सूचीबाट हटाउने बताएका छन् । आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् ।

‘युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसको लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ । सम्बन्धित निकायहरूसँग कुराकानी गर्ने कम्पनी निरन्तर रूपमा भइरहेकै हो’, मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको छ । सम्बन्धित पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए ।

आईकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिशन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ भने  अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ’, उनले भने, ‘मलाई लाग्छ यो हाम्रो लागि खुसीको कुरा हो । अब हामी यो प्रक्रियाबाट चाँडै नै युरोपियन युनियन अथवा इशाको तर्फबाट हामीलाई जुन लिस्डेट भइरहेको स्थिति हो, त्यसबाट अनसाइट अडिट भइसकेपछि हामी यो लिस्टेड बाट हट्छौँ र हामी युरोप फ्लाइटहरु पनि गर्नसक्ने स्थिति निर्माण हुन्छ भन्ने मलाई लाग्छ । यो हामी सबैको लागि खुसीको सन्देश हो ।’

मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने पनि बताए ।

त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उनको भनाइ छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रूपमा सञ्चालन गरिने भन्दै मन्त्री श्रेष्ठले भैरहवामाकसरी नयाँ विमानहरूलाई आकर्षित गर्ने, र सञ्चालनका लागि सुविधाहरू दिने भन्नेमा  ध्यान गएको बताए ।

‘क्यानको तर्फबाट दिँदै आएको छुटलाई निरन्तरता दिने कुराहरू र नेपाल एयरलाइन्सको तर्फबाट ग्राण्ड हेल्डीलिङका कुराहरुलाई पनि अहिले केही त्यसलाई रिभ्यु गर्ने काम भइसकेको छ ।  त्यसका केही छुट अझ हामीले दिने कुराहरू गरेका छौँ । त्यो काम अगाडी बढाउँछौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिलेको अवस्था भन्दा अझ जहाजको संख्याहरु बढ्ने र फुल फेजमा सञ्चालन हुने स्थिति बन्छ । धेरै भन्दा धेरै पर्यटकहरु लुम्बिनी आउने स्थिति निर्माण हुनसक्छ भन्ने विश्वास लिएका छौँ’, मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप