प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए
नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । ४ जिल्लाका इन्चार्ज फेरिएका छन् । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ ।
सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ । सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ ।
तुलबहादुर कार्कीको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा सरुवा भएको छ । साउन ८ मा जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएका दिलिप घिमिरेको तेस्रो पटक काज गरिएको छ । अहिले इलाममा सरुवा गरिएका घिमिरेलाई प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण