शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

आइतबार, १५ साउन २०७९, १७ : २१
आइतबार, १५ साउन २०७९

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । ४ जिल्लाका इन्चार्ज फेरिएका छन् । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ ।

सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ । सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ ।

तुलबहादुर कार्कीको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा सरुवा भएको छ ।  साउन ८ मा जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएका दिलिप घिमिरेको तेस्रो पटक काज गरिएको छ । अहिले इलाममा सरुवा गरिएका घिमिरेलाई प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप