अर्थमन्त्री शर्मा फर्किने भएपछि सचिव मरासिनी ‘सम्पर्कविहीन’, राजस्व सचिवले स्वागत गर्ने

पद त्याग गरेको २५ दिनपछि अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किने भएका छन् । बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति बाहिरी व्यक्तिलाई प्रयोग गरेर करका दरहरू हेरफेर गरेको आरोप लगाउँदै विपक्षीहरूले उनको राजीनामाको माग गरेका थिए । यसबारे संसदीय छानबिन समितिसमेत बनेपछि छानबिनलाई सहयोग गर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले असार २२ गते प्रतिनिधिसभा मार्फत उनले राजीनामा घोषणा गरेका थिए ।
तर, उनीमाथि भएको छानबिनमा कुनै आरोप पुष्टि हुन नसकेपछि आइतबार शर्मा पुनः अर्थ मन्त्रालय फर्किन लागेका हुन् । आजै बेलुका साढे ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माको शपथको तयारी गरेकी छिन् ।अर्थमन्त्रीको आजै शपथ र मन्त्रालय प्रवेश हुने भएपछि यता अर्थ मन्त्रालयका कर्मचारीहरूलाई घर नजान सर्कुलर भएको छ । तर, अर्थ सचिव मधुकुमार मरासिनी भने बिदा लिएर सम्पर्कविहीन भएका छन् ।
असार २२ गते अर्थमन्त्रीले राजीनामा दिने दिन समेत बिदामा बसेका सचिव मरासिनी मन्त्रालयमा शर्माको रि–इन्ट्री हुने भएपछि फेरि बिदामा बसेको स्रोतले जानकारी दिएको छ । मन्त्रालयमा पुनः शर्माको इन्ट्री हुने भएपछि सचिव मरासिनी बिदा लिएर पोखरा हानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थ सचिवको अनुपस्थितमा मन्त्रालयकै अर्का राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्रीको स्वागत गर्ने तयारी गरेका छन् । मन्त्री शर्माको आजै पदभार ग्रहण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का