शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम हस्तान्तरण
शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार कम्पनीले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।
दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गराएको थियो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुले हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म