पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा
आइतबार, १५ साउन २०७९, १६ : २२
पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ । यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ ।
यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।
हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण