आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, १५ साउन २०७९, १६ : १६
आइतबार, १५ साउन २०७९

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले यही साउन ९ गते पहिलो पटक १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेकोमा पुनः दोस्रो पटक १० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

आइतबार एक सूचना गर्दै बैंकले साउन १७ गते उक्त ट्रेजरी बिल बिक्री गरिने जनाएउँदै सार्वजनिक बोलकबोल आह्वान गरेको छ । ट्रेजरी बिलको बोलकबोल भने साउन १६ गते दिउँसो ३ बजे हुने बैंकले जनाएको छ । ९१ दिन र १८२ दिने गरी दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ । 

यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप