शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी  ५:३० बजे

आइतबार, १५ साउन २०७९, १० : ००
आइतबार, १५ साउन २०७९

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका ५ ३० मा शपथ गराउने अधिकारीले जनाए ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप