शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्री कार्यालयमा निवेदन

आइतबार, १५ साउन २०७९, १५ : २८
आइतबार, १५ साउन २०७९

‘इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न क्रियाकलाप गरेको तथा नेपालीलाई सहयोग गर्ने आश्वसन दिएर गैरकानूनी ढंगबाट रकम उठाएको भन्दै सो संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा निवदेन दर्ता भएको हो । निवेदनमा सो संस्थाका बारेमा छानविन गरि तत्काल कारवाही गर्न आग्रह गरिएको छ । 

अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरू नै गैरनेपाली भएको जिकिर गरिएको छ । निवेदनमा सो संस्थामा दिल्ली अधिकारी, मेग चौधरी, किरण गजमेर, यस कुइँकेल, रुद्र बानिया र पञ्चम तामाङ लगायतका ६०÷७० जना भएको र नेपाली कलाकारहरु समेतलाई प्रलोभनमा पारी काम गर्न लगाइरहेको आरोप लगाइएको छ । 

नेपाल सरकारको स्वीकृति नै नलिइ र संस्थाले हिसाब किताब नै नदेखाई विभिन्न क्रियाकलापहरु गरिरहेको र आर्थिक अनियमितता गरिरहेको आरोप पनि निवदेनपत्रमा उल्लेख छ। निवेदनमा देशका विभिन्न स्थानमा सो संस्थाको समूह जाने गरेको र नेपालको राष्ट्र र राष्ट्रियतामा आँच आउने तथा कानुन विपरितका क्रियाकलापमा संलग्न भएको समेत आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप